समाचार सारांश
- बाँकेमा फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मतगणना सम्पन्न भएको छ।
- समानुपातिकतर्फ तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहेको छ भने त्यसपछि नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन्।
- प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी तथा क्षेत्र नम्बर २ मा नेकपा एमाले विजयी भएका छन्।

नेपालगञ्ज : बाँकेमा गत फगुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना सम्पन्न भएको छ । बाँकेका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहाल बाँकेका तीन वटै निर्वाचन क्षेत्रको मतगणना सकिएको जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार बाँकेमा समानुपातिकतर्फ रास्वपाले तीनै क्षेत्रमा सर्वाधिक मत प्राप्त गरेको छ । दास्रोमा एमाले, काँग्रेस तेस्रोमा, चौथोमा नेकपा, पाचौमा राप्रपा र छैठौमा जसपा रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा कुल ७६ हजार ६२ मत खसेको मध्ये ३ हजार ६९२ मत बदर भएका छन् भने ७२ हजार ३७० मत सदर भएका छन् ।
यस क्षेत्रमा रास्वपाले ३४ हजार ३ सय ८२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले १४ हजार २ सय २४ मत पाएको छ भने नेकपा एमालेले १० हजार ३२० मत प्राप्त गरेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ५ हजार ८४३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ हजार २८४ मत प्राप्त गरेको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा कुल ७३ हजार ५२ मत खसेको मध्ये ४ हजार ६४८ मत बदर भएका छन् भने ६८ हजार ४०४ मत सदर भएका छन् ।

यस क्षेत्रमा पनि रास्वपा पहिलो स्थानमा रहँदै २४ हजार ३४१ मत प्राप्त गरेको छ । नेकपा एमालेले २० हजार ५५२ मत ल्याएको छ भने नेपाली कांग्रेसले १२ हजार ५८४ मत प्राप्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३ हजार १६५ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ६६५ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले १ हजार ७९९ मत प्राप्त गरेको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ७४ हजार ६१६ मत खसेको मध्ये ३ हजार ४३२ मत बदर भएका छन् भने ७१ हजार १८४ मत सदर भएका छन् । यस क्षेत्रमा पनि रास्वपा नै अग्रस्थानमा रहँदै ३१ हजार ३०६ मत प्राप्त गरेको छ ।
नेकपा एमालेले १६ हजार २३० मत ल्याएको छ भने नेपाली कांग्रेसले १३ हजार २७८ मत प्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ४ हजार १५८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ हजार ९६५ मत पाएको छ ।
बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले स्पष्ट अग्रता कायम गर्दै अन्य दललाई पछि पारेको देखिएको छ । प्रत्यक्ष तर्फ क्षेत्र नं १ र ३ रास्वपाले जित निकालेको छ भने क्षेत्र न २ मा एमालेका उम्मेदवार विजयी भएका छन ।


