समाचार सारांश
Generated Using AI
- नेपालगञ्जमा यस वर्ष निर्वाचनको मौन अवधि र चन्द्र ग्रहणका कारण तराई होलीमा खासै चहलपहल देखिएन।
- चोक–चोकमा साउण्ड सिस्टमसहित धुमधाम हुने परम्परा प्रभावित भई त्रिभुवन चोकलगायत स्थानमा बजार सुनसानजस्तै देखियो।
- विगतका वर्षझैँ होली मिलन कार्यक्रम हुन नसक्दा यसपटकको होली ओझेलमा परेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : निर्वाचनको मौन अवधी भएको र होलिमा चन्द्र ग्रहण लाग्ने भएकोले यसबर्षको तराई होलि बाँकेमा खासै चहलपहल देखिएको छैन ।
बाँकेको नेपालगञ्जमा चोक चोकमा साउण्ड सिस्टमको प्रयोग गरेर विषेश धुमधामका साथ मनाईने होली निर्वाचनको मौनअवधी र चन्द्र ग्रहणका कारण ओझलमा परेको हो ।

त्रिभुवन चोकमा लगाईएको होली बजारमा चहल पहल खासै छैन । चोकचोकमा संयुक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ । बजारमा फाट्टफुट्ट रंग खेल्नेहरु भेटिए गरेका छन् ।
विगतका वर्षहरुको तुलनामा यस वर्षको तराई होली मनाउन सकिएको छैन । विगतमा आयोजना हुने होली मिलन कार्याक्रम पनि यसवर्ष आयोजना हुन सकेमा छैनन । निर्वाचनका कारण यो वर्षको तराई होली ओझेलमा परेको हो ।


