समाचार सारांश
Generated Using AI
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र शाह सर्वसम्मत चयन भएका छन्।
- सभापति रवि लामिछानेले प्रस्ताव गरेका शाहलाई संसदीय दलले एकमतले अनुमोदन गरेको हो।
- अब केन्द्रीय समितिले अनुमोदन गरेपछि शाह प्रधानमन्त्री बन्ने सम्भावना खुलेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा पार्टी वरिष्ठ नेता बालेन्द्र शाह चयन भएका छन् ।
रास्वपा संसदीय दलको बैठकले सर्वसम्मतिमा वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।

सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न राखेकोे प्रस्ताव संसदीय दलले सर्वसम्मत रुपमा पारित गरेको थियो । योसँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
रास्वपा संसदीय दलको नेता चयन भएसँगै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अब केही बेरमा बस्दै छ ।केन्द्रीय समितिले संसदीय दलको नेताको रुपमा शाहलाई अनुमोदन गर्नुपर्ने छ ।


