समाचार सारांश
Generated Using AI
- बाँके क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगञ्ज–१९ शान्तिनगर, वडा नं. ५ र डुडुवा–४ मा मतदाता भेटघाट गरेका छन् ।
- अभियानकै क्रममा उनले डुडुवा–४ मा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन गरेका छन् ।
- भेटघाटका क्रममा राईले मतदातासँग सहयोगको अपिल गरेका थिए भने कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके क्षेत्र नं.२ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले आईतबार नेपालगञ्ज र डुडुवाका मतदातको घरदैलोमा पुगेका छन् ।
पार्टीका अगुवा कार्यक्रर्ताका साथमा पुगेका उनले संगठन सुदृढीकरणमा जोड दिदै आफ्नो पक्षमा महोल निर्माणमा जोड दिएका छन् ।
चुनावी अभियानका क्रममा पुर्वमन्त्री समेत रहेका उम्मेदवार राईले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ शान्तिनगर, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ तथा डुडुवा गाउँपालिका वडा नम्बर ४ मा पुगेर मतदातालाई भेटघाट गरेका हुन् ।

सो क्रममा उनले डुडुवा–४ मा निर्वाचन प्रचार प्रसार कार्यालय समेत उद्घाटन गरेका थिए । मतदाता भेटघाटका क्रममा उम्मेदवार राईले आफुलाई सहयोग गर्न अपिल गरेको एमाले नेता सकिल खानले जानकारी दिए ।



