नेपालगञ्जलगायत समग्रबाँकेको अर्थतन्त्र उकास्ने योजना लिएर मतदाताको घरघर पुग्दै एमाले उम्मेदवार राई

सदरलाइन संवाददाता १० फाल्गुन २०८२, आईतवार १९:२६
 
समाचार सारांश
Generated Using AI
  • नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई ले बाँकेको अर्थतन्त्र सुधारका लागि सडक विस्तारलाई प्राथमिकता दिने बताएका छन्।
  • नेपालगञ्ज हुँदै पूर्व–पश्चिम जोड्ने सडक र कञ्चनपुर–दाङ मार्ग विकास गर्ने योजना उनले प्रस्तुत गरेका छन्।
  • स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक सद्भाव मजबुत बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

नेपालगञ्ज :  नेकपा एमालेबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले नेपालगञ्ज लगायत समग्रबाँकेको अर्थतन्त्र उकास्न सडक मार्ग विस्तारलाई आफूले प्राथमिकतामा राखेको बताएका छन ।

आईतबार नेपालगञ्जको वडा नं ९ श्रद्धानगरमा आयोजित कोण सभामा राईले सडक कनेक्टिभिटीले यहाँको अर्थतन्त्र सुदृढ पार्न सघाउने भनाइ राखेका हुन ।

‘नेपालगञ्ज प्रादेशिक राजधानी हुन नसक्दा यहाँको अर्थतन्त्र सुक्दै गएको छ । अर्थतन्त्र चलायमान बनाउन हामीले सडक र भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने हुन्छ ।’, उम्मेदवार राईले भने, ‘बाँके जिल्ला छोएर पूर्वपश्चिम यात्रा गर्दा नेपालगञ्ज हुँदै जाने सडकमार्ग निर्माण गर्ने मेरो योजना छ । तपाईंहरूले निर्वाचित गर्नुभयो भने म कञ्चनपुर हुँदै दाङ जोडिने छुट्टै नियमित मार्ग बनाउन म पहल गर्छु । ’

आफूले विगतमा यो क्षेत्रका लागि धेरै काम पनि गरेको तथा पूर्वाधार र नीतिगत विकासका लागि स्पष्ट एजेन्डाका साथ प्रस्तुत भएकाले आफूप्रति मतदाताहरूको समर्थन बढिरहेको राईले दाबी गरे ।


उनले भेरी अस्पताललाई विशिष्टिकृत सेवा दिन सक्षम बनाउने, सामुदायिक विद्यालयहरूको स्तरोन्नती गर्ने, किसानहरूलाई समयमै मल तथा वीउ उपलब्ध गराउने लगायत भौतिक र नीतिगत पहलकदमी लिने जानकारी दिए ।

उनले नवपुस्ता र पुरानो पुस्ताबीच षड्यन्त्रपूर्वक द्वन्द्व बढाउन भइरहेको प्रयासलाई सफल हुन नदिने र पारस्परिकता बढाउन भूमिका निर्वाह गर्ने पनि राईले बताएका थिए ।

एमाले उम्मेदवार राईले आजै वडा नं ९ को नयाँ बस्ती, गुड्डुटोल, वडा नं २० को माईगाउँ, इदगाटोल र नयाँबस्तीमा पुगेर मतदाताहरूसमक्ष आफ्ना चुनावी एजेन्डाहरू मतदाता समक्ष राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि एकदिने प्रशिक्षण सुरु

१० फाल्गुन २०८२, आईतवार १९:२६
समाचार सारांश Generated Using AI नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई ले बाँकेको अर्थतन्त्र सुधारका लागि सडक विस्तारलाई प्राथमिकता दिने बताएका छन्।नेपालगञ्ज हुँदै पूर्व–पश्चिम जोड्ने सडक र कञ्चनपुर–दाङ मार्ग विकास गर्ने योजना उनले प्रस्तुत गरेका छन्।स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक सद्भाव मजबुत बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्। यो […]

सम्बन्धित

ताजा अपडेट