रामजान सुरु भएसँगै तरावीको नमाज बाँकेका सबै मस्जिदहरूमा सुरु

अजमत अली सिद्दिकी ८ फाल्गुन २०८२, शुक्रबार ०९:२०
 
समाचार सारांश
Generated Using AI
  • रमजान पर्व बाँकेमा बिहीबारदेखि सुरु भएको छ, जामा मस्जिद नेपालगञ्जबाट चन्द्रमा देखिएको घोषणा गरिएको हो।
  • यस पवित्र महिनामा मुस्लिम समुदायले एक महिनासम्म रोजा, नमाज र धार्मिक कार्य गर्छन्।
  • रमजानमा दान, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने परम्परा पनि रहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।


नेपालगञ्ज : ईस्लामिक पात्रो अनुसार रमजान महिना हिजोदेखि सुरु भएको छ । ईस्लाम धर्म अनुसार रमजानमा एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान पर्व रमजान बिहीबारबाट बाँकेमा पनि सुरु भएको हो ।

बुधबार मध्यरातमा नेपालगञ्जको जामा मस्जिदबाट मुख्य धर्मगुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेसँगै बिहीबारबाट रमजानको महिना सुरु भएको हो ।

मुफ्ती रजाले रमजानको चन्द्रमा देखिएकोले बाहीबारबाट एक महिनासम्म रोजा बसेर विविध धार्मिक तथा सामाजिक कार्य गर्न मुस्लिम सुमदायलाई आग्रह गरे ।

एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण पवित्र महिना हो । बुधबारबाटै तरावी नमाज बाँकेका सबै मस्जिदहरूमा सुरु गरिएको जामामस्जिद सञ्चालक समितिले जनाएको छ ।


रमजान सुरु भएको अवसरमा दारुल उलुम बरकातियाका संस्थापक तथा धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले इस्लाम धर्मावलम्बीहरूको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आपसी सहिष्णुता, आत्मियता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्वलाई प्रवर्धन गर्न आग्रह गरे ।

धर्मगुरु मन्जरीका अनुसार मुस्लिम समुदायको पाँच अनिवार्य धार्मिक कार्यहरूमा कलमा, रोजा, नमाज, हज, र जकात हुन् । ती मध्ये रोजा पनि भएकोले यसलाई अत्याधिक महत्त्वका साथ मनाइने गरिएको छ ।

उनका अनुसार घाम उदाउनुभन्दा डेढ घण्टा अगावै सेहरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ ।

दिनभर पानी लगायत केही पनि खान नहुने यो पर्वमा मुस्लिमले आ–आफ्नो गच्छे अनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । यो महिनामानै मुस्लिम समुदायले सबैभन्दा बढी दान गर्ने गर्छन् भने रोजा खोल्ने सामुहिक कार्यक्रमहरू पनि ठाउँ ठाउँमा महिनाभरिनै राख्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उम्मेदवार राई नेपालगञ्ज र डुडुवाका विभिन्न टोलमा मतदातको घरदैलोमा

८ फाल्गुन २०८२, शुक्रबार ०९:२०
समाचार सारांश Generated Using AI रमजान पर्व बाँकेमा बिहीबारदेखि सुरु भएको छ, जामा मस्जिद नेपालगञ्जबाट चन्द्रमा देखिएको घोषणा गरिएको हो।यस पवित्र महिनामा मुस्लिम समुदायले एक महिनासम्म रोजा, नमाज र धार्मिक कार्य गर्छन्।रमजानमा दान, सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने परम्परा पनि रहेको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। […]

ताजा अपडेट