बाँकेमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाकारी

सदरलाइन संवाददाता १५ फाल्गुन २०८२, शुक्रबार १८:५८
 
समाचार सारांश
Generated Using AI
  • बाँके जिल्लामा फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, कुल ३ लाख ५० हजारभन्दा बढी मतदाता सहभागी हुनेछन्।
  • गत निर्वाचनभन्दा करिब १६ हजार नयाँ मतदाता थपिएका छन् र मतदान अधिकृत तथा स्वयंसेवकको तालिम सम्पन्न भइसकेको छ।
  • १३९ मतदान स्थल र ४०० केन्द्रमा सुरक्षा निकाय परिचालनसहित शान्तिपूर्ण मतदानको तयारी पूरा गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी बाँकेमा अन्तिम चरमा पुगेको छ । शुक्रबार जिल्ला निर्वाचन कार्यालय बाँकेमा आयोजित कार्यक्रममा सो कुराको जानकारी गराईएको हो ।

तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ रहेका मतदाता रहेका छन् । यी मध्ये एक लाख ७८ हजार १३९ पुरुष, एक लाख ७२ हजार २२३ महिला र नौ जना अन्य मतदाता रहेका छन् ।

गत निर्वाचनमा तीन लाख ३३ हजार ९ सय ३४ मतदाता रहेकोमा यो निर्वाचनका लागि १६ हजार ४ सय ३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए ।


जिल्ला निर्वाचन अधिकारी शाहीले निर्वाचनमा खटिने मतदान आधिकृत र सहायक मतदान अधिकुतको तालिम सम्पन्न गरिएको, मतदाता साक्षरताका लागि प्रत्येक वडा तहमा स्वयम सेवक खटाईएको जानकारी दिए ।

उनले फागुन २१ को मतदानको लागि मतपत्र तथा आवश्यक सामाग्री फागुण १८ सम्म निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने बताए ।

फागुन २१ गतेको निर्वाचनको लागि १३९ मतदान स्थल, ४०० केन्द्र ३ अस्थायी केन्द्र र २ हजार ९ सय ३० अस्थायी मतदाता रहेका छन । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नको लागि जिल्ला सुरक्षा समितिले समेत निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा प्रबन्ध मिलाई सम्बन्धित क्षेत्रमा खटाई सकियको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउनमा जोड

१५ फाल्गुन २०८२, शुक्रबार १८:५८
समाचार सारांश Generated Using AI बाँके जिल्लामा फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, कुल ३ लाख ५० हजारभन्दा बढी मतदाता सहभागी हुनेछन्।गत निर्वाचनभन्दा करिब १६ हजार नयाँ मतदाता थपिएका छन् र मतदान अधिकृत तथा स्वयंसेवकको तालिम सम्पन्न भइसकेको छ।१३९ मतदान स्थल र ४०० केन्द्रमा सुरक्षा निकाय […]

ताजा अपडेट