कांग्रेस उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगञ्जमा स्वागत

सदरलाइन संवाददाता ३ फाल्गुन २०८२, आईतवार १८:३४
 
समाचार सारांश
Generated Using AI
  • बाँके क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार सुधान्शु कोइरालालाई महाशिवरात्रीका अवसरमा ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयले स्वागत तथा सम्मान गरेको छ ।
  • कार्यक्रममा विश्वविद्यालय प्रमुख दुर्गा दिदीले आशीर्वाद दिँदै सफलताको शुभकामना व्यक्त गरिन् ।
  • यसैदिन कोइरालाले बागेश्वरी मन्दिर परिसरका जंगुे महादेव तथा पदमपुरस्थित शिव मन्दिरमा दर्शन गरेका छन् ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका सुधान्शु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगञ्जमा स्वागत गरेको छ ।

महाशिवरात्रीको अवसरमा बाँके, क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगञ्जले स्वागत तथा सम्मान गरेको हो ।

सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगञ्जकी प्रमुख दुर्गा दिदीले उम्मेदवार कोइरालालाई स्वागत तथा सम्मान गर्दै आर्शिवाद समेत दिएकी थिइन् । ‘भोलेनाथ (भगवान शिव)ले तपाईलाई आजको यो विशेष दिनमा शक्ति प्रदान गरुन तपाईलाई हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई छ ।’


उक्त कार्यक्रममा विश्वविद्यालय नेपालगञ्जकी प्रमुख दुर्गा दिदीसहित बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, अन्तर धार्मिक सद्भाव मञ्चका संयोजक एवम बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसैबीच युवा उम्मेदवार कोइरालाले आइतबार नै बागेश्वरी मन्दिर परिसरमा रहेको जंगुे महादेव मन्दिर र डुडुवा गाउँपालिका वडा नम्बर ५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले उम्मेदवार राई आईतबार डुडुवा र नेपालगञ्जमा मतदाताको घरदैलोमा

३ फाल्गुन २०८२, आईतवार १८:३४
समाचार सारांश Generated Using AI बाँके क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार सुधान्शु कोइरालालाई महाशिवरात्रीका अवसरमा ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालयले स्वागत तथा सम्मान गरेको छ ।कार्यक्रममा विश्वविद्यालय प्रमुख दुर्गा दिदीले आशीर्वाद दिँदै सफलताको शुभकामना व्यक्त गरिन् ।यसैदिन कोइरालाले बागेश्वरी मन्दिर परिसरका जंगुे महादेव तथा पदमपुरस्थित शिव मन्दिरमा दर्शन गरेका छन् […]

ताजा अपडेट