नेपालगञ्ज टु ठाकुरद्वारा साइकलयात्राको तयारी

सदरलाइन संवाददाता ४ माघ २०८२, आईतवार १८:२५
 

नेपालगञ्ज : नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्राको तयारी सुरु गरिएको छ । नेपालगञ्ज साइक्लिङ्ग क्लवले यात्राको ब्यवस्थित तयारीका लागि नेपालगञ्जमा आइतबारदेखि सचिवालय स्थापना गरेको छ ।

सचिवालयको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पर्यापर्यटन र मानवीय स्वास्थ्यका लागि महत्वपूर्ण रहेको साइक्लिङ्ग र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि आयोजित कार्यक्रममा उपमहानगरपालिकाले सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गर्नुभयो । यस बर्ष फागुन ७ देखि ९ गतेसम्म यात्रा गरिने छ ।


नेपालगञ्जको बागेश्वरी मन्दिरबाट सुरु हुने साइकल यात्रा बाँके र बर्दियाका बिभिन्न पर्यटकीय तथा धार्मिकस्थलको परिक्रमासहित करिब एकसय किलोमिटर साइकलमा यात्रा गरी बर्दियाको ठाकुरद्वारा पुग्ने गरेको छ ।

नेपालगञ्ज साइक्लिङ क्लव टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक कविराम बुढाथोकीले बाँके र बर्दियाका धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार–प्रसार र प्रबर्धनका लागि विगत केही बर्षदेखि टुर दि साइकल यात्रा सञ्चालन गर्दैआएको जानकारी दिए ।

साइकलयात्रामा नेपालगञ्जका बिभिन्न स्थानसहित भारतबाट समेत साइकलयात्रीको सहभागिता रहने नेपालगञ्ज साइक्लिङ्ग क्लवका सचिव बिजयेन्द्र जिसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली कम्युनिस्ट पार्टी बाँकेको तर्फबाट उम्मेदवार टुंग्याईयो

४ माघ २०८२, आईतवार १८:२५
नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरुले उम्मेदवार टुङ्ग्याउने कार्य गरिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँकेको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपाले बाँकेको तीनवटै क्षेत्रमा नयाँलाई उम्मेदवार बनाउँदै तीनवटै क्षेत्रमा युवालाई उम्मेदवार बनाएको छ । नेकपाका केन्द्रीय […]