नेपालगञ्जमा एक हात एक सहयोग आभियान सञ्चालन

सदरलाइन संवाददाता ५ माघ २०८२, सोमबार १८:३९
 

नेपालगञ्ज : नेपालगञ्जमा बेसाहाराको साहाराको लागि एक हात एक सहयोग आभियान सञ्चालन गरिने भएको छ । मानविय सेवामा समर्पित यो अभियान निलसागर सेवा आश्रमको स्थायी भवन निर्माणको लागि सञ्चालन गर्न लागिएको हो ।

नेपालगञ्जमा मानविय सेवामा समर्पित एकहात एक सहयोग आभियान सञ्चालन गरिएको छ । यो अभियान निलसागर सेवा आश्रमको स्थायी भवन निर्माणको लागि सञ्चालन गर्न लागिएको अभियानका अभियन्ता सेमराज शाक्यले जानकारी दिए ।


उनले यो अभियानमा आफुसँगै पाँचजनाको टिम रहेको बताए । मधेशी आयोगका पूर्व सदस्य विजयकुमार गुप्ता, कमल कार्की, ज्ञानेन्द्र श्रेष्ठ र कृष्ण श्रेष्ठ रहेको बताए ।

निलसागर सेवा आश्रमका सञ्चालिका सरिता खनालले १० वर्षअघि भाडाको घरबाट सुरु गरिएको आश्रय स्थलमा २ सय ८१ जना बेसाहारालाई आश्रय दिई रहेको र नियमित सञ्चालमा कठिनाई हुन थालेपछि अभियान सञ्चालन गरिएको जानकारी दिइन ।

१० वर्ष अघि बेसाहरा भएका मानिसहरुलाई साहारा दिने उद्देश्यले स्थापना भएको आश्रममा २ सय ८१ जना हाल बसोबास गरिरहेका छन् । आश्रममा आएका ३ हजार २ सय २२ लाई परिवारमा पुनमिलन गराई सकेको छ भने बेवारिस भएको २८५ को अन्तिम सस्कार समेत गरि सकेको छ । अभिायानले निलसागर सेवा आश्रमको अधुरो भवन पुनःनिर्मित भई सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिक दल र निर्वाचन कार्यालयबीच सर्बदलिय सर्बपक्षिय बैठक

५ माघ २०८२, सोमबार १८:३९
नेपालगञ्ज :  फगुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मनोनयनको लागि बाँकेमा तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा आज सर्वदलिय बैठक बसेर भोली हुने मनोनयनलाई कसरी मर्यादित र शान्त बाताबरणमा सम्पन्न गर्न सकिन्छ भनेर राजनीतिक दल, […]

ताजा अपडेट