नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक

सदरलाइन संवाददाता ११ माघ २०८२, आईतवार १९:००
 

नेपालगञ्ज : नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकोमा जोड दिइएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा आज नेपालगञ्जमा गरिएको ‘नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी तथा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम’ मा सचेतीकरण प्रबद्र्धनमा जोड दिइएको हो ।

स्वस्थकर खानपान, सुदृढ जीवनशैली, नियमित ब्यायाम, तौल नियन्त्रण, नियमित स्वास्थ्य चेकजाँचका लागि सर्वसाधारणलाई प्रेरित गर्न सचेतना र स्वास्थ्य शिक्षा आवश्यक रहेको सरोकारवालाको भनाई छ । धुम्रपान र मद्यपानले जोखिम बढाएकोले सजग बन्नुपर्ने आवश्यकता औंल्याइएको छ । युवा पुस्ताको लागि धुम्रपान र मद्यपान ठूलो चुनौती रहेकोले त्यस्तो लत छोड्न सुझाइएको छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा. शंकुक भट्टले नसर्ने रोगको कारण, अवस्था, असर र रोकथामबारे प्रस्तुतिकरण गरेका थिए । उनले लुम्बिनी प्रदेशमा नसर्ने रोगको अवस्थाबारे पनि चित्रण गरेका थिए ।


यस्तै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाले नसर्ने रोगको रोकथाममा नागरिक समाजको भूमिका र पैरवीबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले स्वस्थ जीवनशैली अपनाउन सके मात्र नसर्ने रोग विरुद्धको लडाइँमा खरो उत्रिन सकिने बताए ।

उनले रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिने गरी आफ्नो आनीबानीमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रभात कुमार ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालकी नर्सिंग प्रशासक आशा पन्थ, खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जकी खाद्य अनुसन्धान अधिकृत नेत्रा बागेटी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष पवन कुमार गुप्ताले नसर्ने रोगको बढ्दो प्रभाव रोक्न सचेत बन्नुपर्नेमा जोड दिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेका अध्यक्ष सुरेश गौतमले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रिय सचिव बसन्त गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय उत्पादन र उद्यमशीलताले समृद्ध प्रदेशको लक्ष्य पूरा हुन्छ

११ माघ २०८२, आईतवार १९:००
नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताएका छन् । सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको सातौं सैनामैना महोत्सव(२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख […]