निर्वाचन आयोगद्वारा पाँच उम्मेदवारसँग आचारसंहिता उलंघन बारे माग्यो स्पष्टीकरण

सदरलाइन संवाददाता १३ माघ २०८२, मंगलवार १४:३५
 

नेपालगञ्ज : निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । सो स्पष्टीकरणमा विभिन्न उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेका उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा ‘हत्यारा’ टिप्पणी गरेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

सोही पार्टीका अर्का उम्मेदवार निकोलस भुसालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा पनि आयोगले स्पष्टीकरण माग गरेको छ ।

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई टिसर्ट लगाउन लगाएको विषयमा आयोगले उनलाई स्पष्टीकरण माग गरेको छ ।


त्यस्तै, उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारमाथि ‘हत्यारा’, ‘बलात्कारी’ जस्ता घृणाजनक शब्दहरू प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण माग गरेको सहायक प्रवक्ता सीता पुनले बताईन ।

सोहीअनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेनलाई ‘छाउरा’ भनेर अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण सोध्ने जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा पनि छानबिन भइरहेको आयोगले जनाएको छ ।

अर्को विषयमा एक शिक्षक सरुवाको विषयसमेत सम्बन्धित महाशाखामा थप बुझ्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले ती सबै विषयमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोककल्याणकारी विज्ञापन सञ्चार माध्यम मैत्री हुन सकेन

१३ माघ २०८२, मंगलवार १४:३५
नेपालगञ्ज : विज्ञापन बोर्ड नेपालले सञ्चार माध्यमलाई वितरण गर्ने लोककल्याणकारी विज्ञापन अझै सञ्चार माध्यममैत्री बन्न नसकेको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन् । विज्ञापन बोर्ड नेपालले नेपालगन्जमा सोमबार आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया/क्षमता विकास कार्यक्रम’ मा सहभागी भएका सम्वद्ध सरोकारवालाले यस्तो गुनासो गरेका हुन् । बोर्डले सबै सञ्चार माध्यमलाई […]