निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै सर्वोच्च अदालतमा देउवा समुहको रिट

सदरलाइन संवाददाता ४ माघ २०८२, आईतवार १८:१३
 

नेपालगञ्ज : नेपाली कांग्रेसमा सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध काँग्रेस शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।


कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज टु ठाकुरद्वारा साइकलयात्राको तयारी

४ माघ २०८२, आईतवार १८:१३
नेपालगञ्ज : नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्राको तयारी सुरु गरिएको छ । नेपालगञ्ज साइक्लिङ्ग क्लवले यात्राको ब्यवस्थित तयारीका लागि नेपालगञ्जमा आइतबारदेखि सचिवालय स्थापना गरेको छ । सचिवालयको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पर्यापर्यटन र मानवीय स्वास्थ्यका लागि महत्वपूर्ण रहेको साइक्लिङ्ग र पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि आयोजित […]

ताजा अपडेट