नायक सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको ‘चु ल्हुई’ सार्वजनिक

सदरलाइन संवाददाता २८ पुष २०८२, सोमबार १५:३१
 

काठमाडौ : गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा तामाङ चलचित्र क्षेत्रका स्थापित तथा लोकप्रिय नायक एंव मोडल हुत्त सञ्जय लामा र नायिका तारा थोकरको अभिनय रहेको छ । गीतलाई एच एम एम मिडियाको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।


जसमा निर्देशक तथा कोरियोग्राफर विक्रम लुङ्बाको उत्कृष्ट निर्देशन र प्रज्वल राउतको सिनेमाटोग्राफी प्रष्ट झल्किन्छ । पछिल्लो समय एकपछि अर्को गीत पस्कँदै आएकी गायिका सुस्मिताको स्वरले यस गीतलाई छुट्टै उचाइ दिएको छ ।

विवेक लोप्चनको शब्द र सङ्गीत रहेको यस गीतमा सानुबाबु घिसिङको एरेन्ज रहेको छ । पारिजात नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई कार्साङ लामा ( दोङ) ले मिक्सिङ र मास्टरिङ गरेका हुन् भने मेकबहादुर थापाले सम्पादन र कलर ग्रेडिङ, नरेश खरेलको मेकअप मार्फत भिडियोलाई निकै स्तरीय बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनमा सबैले आफ्नो मताधिकार प्रयोग गर्नसक्ने बतावरण निर्माणमा ध्यान दिउ

२८ पुष २०८२, सोमबार १५:३१
  नेपालगञ्ज : निर्वाचन आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरले भयरहित निर्वाचनको बताबरण बनाउन आग्रह गरेकी छन् । उनले आवधिक निर्वाचन नै लोकतन्त्रको आत्मा भएको बताउदै निर्वाचनमा सबैले आफ्नो मताधिकार प्रयोग गर्ने बताबरण निर्माणमा जोड दिईन । नेपालगञ्जमा निर्वाचन आयोगद्वारा फागुन २१ लक्षित प्रतिनिधि सभा निर्बाचनमा खटिने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत […]

सम्बन्धित