Sadarline
२०८३ असोज २९ , बिहीबार

पाल्पामा बस दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु



नेपालगञ्ज : पाल्पामा बिहीवार राती बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ८ खुसार्ने गाउँका महिला हुन् ।

मृतकहरुमा ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए ।

रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा राति साढे ९ बजेतिर दुर्घटना भएको थियो ।

ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ पुस २२ गते शुक्रबार
ताजा समाचार