नेपालगञ्ज उपमहनगरलाई वीरेन्द्रको सालिक हस्तान्तरण

सदरलाइन संवाददाता २७ पुष २०८२, आईतवार १८:१२
 

नेपालगञ्ज : राष्ट्रिय एकता दिवस तथा ३०४औँ पृथ्वी जयन्तीको अवसरमा ऐतिहासिक पुरातात्विक धरोहर संरक्षण एवं शालिक पुनस्र्थापना समितिले स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनःस्थापना गर्न माग गर्दै नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्वराजा वीरेन्द्रको नयाँ सालिक हस्तान्तरण गरेको छ ।

समितिले नेपालगञ्जको धम्बोजी चोक (तत्कालीन वीरेन्द्र चोक) मा सालिक पुनस्र्थापना गर्नुपर्ने माग गर्दै सालिक हस्तान्तरण गरेको हो । यसअघि सालिक राख्न पटक–पटक गरिएका प्रयास सफल भएका थिएनन् ।  शान्तिपूर्ण तरिकाले सालिक पुनस्र्थापनाका लागि नगरपालिकालाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।


सालिक हस्तान्तरण कार्यक्रममा बाँके क्षेत्र नम्बर २ का निवर्तमान संघीय सांसद धवलशमशेर राणाले उपमहानगरपालिकाले नेपालगञ्जका विभिन्न चोकका सालिक पुनःस्थापनाको पहल गरिरहेकाले स्व. राजा वीरेन्द्रको सालिक पनि सोही प्रक्रिया अनुसार राख्न नेपालगञ्जका मेयर प्रशान्त विष्टलाई आग्रह गरे ।

उनले वीरेन्द्र चोक पहिलेदेखि नै नामाकरण भइसकेको र सो चोकमा यसअघि पनि पूर्व राजा वीरेन्द्रको सालिक रहेको हुँदा सोही चोकमा उनकै सालिक स्थापना गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुलाकी सडकको लागि थप बजेट माग

२७ पुष २०८२, आईतवार १८:१२
नेपालगञ्ज  :  हुलाकी राजमार्ग अन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको करिब ५० किलोमिटर सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका अनुसार हुलाकी राजमार्गमध्ये बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको राजपुर गाउँपालिकाको गौगदीसम्म करिब ५० किलोमिटर सडकखण्ड निर्माणको काम बाँकी रहेको छ । हुलाकी […]

सम्बन्धित