वक्तृत्वकला मार्फत युवालाई सशक्त बनाउँदै अनेरास्ववियु बाँके

सदरलाइन संवाददाता २ माघ २०८२, शुक्रबार १६:३६
 

नेपालगञ्ज : अनेरास्ववियु बाँकेले आगामी माघ २९ गते राष्ट्रियता र लोकतन्त्रको मूल विषय बनाएर जिल्ला स्तरीय खुला वक्तृत्वकलाको आयोजना गर्ने भएको छ । वक्तृत्वकला कलाको आयोजनाबारेमा शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले युवाहरु माझ राष्ट्रिय र लोकतन्त्रको विषय मजबुत होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

‘राष्ट्रियता र लोकतन्त्र आधुनिक राज्यव्यवस्थाका दुई आधारभूत राजनीतिक अवधारणा हुन् । यी दुवै केवल सैद्धान्तिक शब्द मात्र होइनन्, राज्यसत्ता सञ्चालन गर्ने मूल दर्शन पनि हुन्’, अध्यक्ष विकले भने, ‘विश्व राजनीतिक इतिहासले देखाएको छ, जहाँ लोकतन्त्र कमजोर भयो, त्यहाँ राष्ट्रियता निरंकुशताको औजार बन्यो, जहाँ राष्ट्रिय चेतना कमजोर भयो, त्यहाँ लोकतन्त्र बाह्य हस्तक्षेप र आन्तरिक विघटनको सिकार बन्यो ।’ त्यसैले यी दुईबीचको सन्तुलन नै कुनै पनि राष्ट्रको राजनीतिक स्थायित्व र सार्वभौमिकताको मुख्य आधार भएको उनले बताए ।


वक्तृत्वकलामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र पनि व्यवस्था गरेको अध्यक्ष विकले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार १०, दोश्रो ६ हजार, तेस्रो ५ हजार, चौथो ४ हजार, पाँचौं ३ हजार, छैठौं पुरस्कार दुई हजार र सहभागीलाई रु। २ सय ५० सहित प्रमाण–पत्र वितरण गरिने आयोजकले जानकारी दिएका छन् ।

‘खुल्ला वक्तृत्वकलामा २५ वर्षभन्दा मुनिका युवा विद्यार्थीहरूले भाग लिन पाउनुहुनेछ’, सहभागिता आव्हानका लागि बाँकेका विद्यालयहरुमा १० हजार बढी पर्चा वितरण गरिने जानकारी दिंदै अनेरास्ववियु बाँकेका अध्यक्ष विकले भने ।

अनेरास्ववियु बाँकेका केशरजंग शाहीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, अनेरास्ववियुका विभिन्न तहका नेता, सञ्चारकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो । कोहलपुरमा हुने वक्तृत्वकला प्रतियोगिताको व्यवस्थापन नेकपा एमाले क्षेत्र नम्बर १ क्षेत्रीय कमिटिले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका तीनैवटा निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

२ माघ २०८२, शुक्रबार १६:३६
नेपालगञ्ज : बाँकेका तीनै वटा निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बाँकेको नेपालगञ्जस्थित पशु सेवा तालिम केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा बाँके निर्वाचन क्षेत्रनं २ को कार्यालय स्थापना भएको बाँकेका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले […]

ताजा अपडेट