बाँकेका ६१ मतदानस्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा

सदरलाइन संवाददाता १३ माघ २०८२, मंगलवार १६:१८
 

नेपालगञ्ज : बाँके जिल्ला भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको जिल्ला हाे । अन्य समयमा समेत सुरक्षाका दृष्टिकाेणले स‌वेदनशिल मानिने बाँकेमा प्रतिनिधिसभाको निर्वाचनका बेला झनै स‌वेदनशिल मानिन्छ ।

जिल्लामा आठवटा पालिकाका १३९ वटा मतदानस्थल छन् । जसमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले जानकारी दिए ।


१ सय ३९ मतदानस्थलमा ४ सय  मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्र समेत कायम गरिने तयारी भइरहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचन लक्षित कडा सुरक्षा व्यवस्था गरिने बताएका छन् ।

उनले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने जानकारी दिए । मतदानको केहीदिन अघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधीसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा यस पटक तीन लाख ५० हजार ३ सय ७१ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनले अस्थायी मतदाताको नामावली सङ्कलन गर्ने कार्य अझै चलिरहेकाले सो सङ्ख्या पनि यसमा थपिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरदेखि एमाले बाँकेले चुनाव प्रचारको सुरुवात गर्यो

१३ माघ २०८२, मंगलवार १६:१८
   नरैनापुर (बाँके)  : आसन्न फगुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बुधबार नरैनापुरमा चुनावी सभा आयोजना गरी प्रचार अभियानको सुरुवात गरेको छ । एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सूर्य ढकाल, क्षेत्र नम्बर २ बाट मोहम्मद ईश्तियाक राई तथा क्षेत्र नम्बर ३ बाट सुमन […]