पुस लागेसँगै बाँकेमा बाक्लो हुस्सु, सतर्कता अपनाउन आग्रह

यदुराज मिश्र १ पुष २०८२, मंगलवार १८:१७
 

नेपालगञ्ज :  पुसको पहिलो दिनदेखिनै बाँके जिल्लामा बाक्लो हुस्सुले लागेको छ । मंसिर मसान्तसम्म बिहानैदेखि न्यानो घाम लाग्ने गरेको बाँकेमा पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ ।

बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् ।


विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या देखिएको छ भने बिहानको समयमा सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।

मौसमविद्हरूका अनुसार केही दिनसम्म बाँकेसहित तराईका जिल्लामा हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको छ । यसले कृषि, यातायात र स्वास्थ्य क्षेत्रमा समेत असर पार्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चौथो ईम्प्यानल्ड स्कुल रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि

१ पुष २०८२, मंगलवार १८:१७
नेपालगञ्ज  : नेपाली सेना नागरिक सम्बन्ध प्रगाढ बनाउनको लागि सेना र सर्बसाधरण नागरिकहरुलाई सामुहिक लाभहुने बिभिन्न गतिबिधि सञ्चालन गदै आएको छ । यसक्रममा नेपाली सेनाको बज्रदल गणको आयाजनामा ईम्प्यनल्ड विद्यालयहरुको सहकार्यमा चौथो ईम्प्यानल्ड स्कुल रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि सुरुवात भएको छ । नेपाली सेनाका बाहलवाला वा अवकास प्रप्त सैनिक आश्रित […]