२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा बुधवार आठ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बुधवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १३ जनाको नमूना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३२९ पुगेको छ । यस्तै आज थप ३ जना निको भएका छन् । योसँगै जिल्लामा निको हुनेको संख्या २० हजार ९२१ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५५ जना रहेको वलीले बताए ।

एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने ५४ जना होमआइसमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७९ भदौ ८ गते बुधबार
ताजा समाचार