
नेपालगञ्ज : पछिल्लो समय मानबअधिकारका उलंघनका घटनाको अवस्था भयावह भएको नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले औल्याएका छन ।
राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जको आयोजनामा ७७ औ विश्व मानव अधिकार दिवस मनाउने क्रममा लुम्बिनी प्रदेशमा १ वर्ष भित्र विभन्न प्रकृतीका गरी १ हजार ५ सय ३५ वटा मानबअधिकार उलंघनका घटना घटेको पाईएको छ ।
मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिकाकुमारी अधिकारीले मानवअधिकारको रक्षा एकल प्रयासले मात्र नहुने भएकोे सहकार्य र समन्वय आवश्यक हुने भएको कुरामा जोड दिईन । ७७औं अन्ताराष्ट्रिय मानवअधिकार दिवसमा आयोजित कार्यक्रमा बोल्दै उनले सो कुरामा जोड दिएकी हुन ।
कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक अंगुर जिसीले बाँके प्रहरी मानव अधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताउदै सिमित साधन स्रोतको उपयोग गरी मानव अधिकारको रक्षाको लागि परिचालित हँुदै अग्रपंतीमा रहने प्रहरीलाई बलियो बनाउनु पर्ने बताए ।
उनले भने–‘ सबैको सुरक्षा दिने प्रहरी आफै बलियो हुनु पर्छकी पर्दैन । सिमित स्रोत र साधनले प्रहरीले सेवा प्रवाह गरेको छ ।’

उच्च अदालत तुलसीपुर नेपालगञ्ज ईजलासका बरिस्ठतम न्यायाधीश बामदेव ज्ञवालीले मानवअधिकार रक्षाको लागि बनेका आयोग र अयोगले गरेका सिफारिसहरु समयमा सम्बोधन हुन नसक्नु नै अहिलेको मुख्य चुनौती बनेको बताए ।
कार्यक्रममा जिसस प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, ईन्सेकका भोला महत, मानवअधिकार एलाईन्समा प्रभात ठकुरीलगायत दर्जनबढीले शुभकामना ब्यक्त गरेका थिए ।
मानव अधिकारका क्षेत्रमा क्रियाशिल ईन्सेकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाँकेमा वितेको १ वर्षमा मानवअधिकार उलंघनका घटनहरु १ सय १५ वटा घटेको र लुम्बिनी प्रदेशमा १ हजार ५ सय ३५ वटा मानबअधिकार उलंघनका घटना छन । यी मध्ये राज्य पक्षबाट ११ र गैर राज्यबाट १ हजार ५ सय २४ छन । यसको तीन भाग महिला पीडित रहेका छन् ।


