२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

सुशासनका क्षेत्रमा क्रियाशिल संस्था बास २६औं वर्षमा प्रवेश



नेपालगञ्ज : सुशासनका क्षेत्रमा क्रियाशिल संस्था बास २६औं वर्षमा प्रवेश गरेको छ । २५औं बार्षिकोत्सव समारोहको अवसरमा नेपालगञ्जमा विविध कार्यक्रम गरि सम्पन्न भएको हो ।

संस्थाका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माकोे अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए ।

असल शासनको यात्रामा समुदायदेखि जिल्लासम्म लामो समय काम गरेका मन्त्री भण्डारीले हरेक नागरिकले सुशासन प्रबद्र्धनलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनुपर्नेमा जोड दिए ।

उनले बास नेपालले देशब्यापी रुपमा सञ्चालन गरिरहेको भ्रष्टाचार बिरुद्धको अभियानले युवाहरुमा जागरण ल्याएको बताए । उनले सुशासन प्रबद्र्धनमा आफ्नो तर्फबाट प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा बोल्दै बास नेपालका सल्लाहकार तथा कार्यक्रमका विसिष्ट अतिथि राष्ट्रिय सुचना आयोगका पूर्ब प्रमुख सुचना आयुक्त कृष्णहरी बास्कोटाले ७ प्रदेश र ७७ वटै जिल्लामा फैलीएको बासलाई स्थानीय सरकारको समर्थन रहेको बताए ।

सुशासन वहालीमा युवा परिचालन गरिरहेको बासले सरकार र समुदायलाई नैतीक बन्न अभिप्रेरित गरिरहेको बताए । उनले बासको आगामी यात्रा थप बलियो हुदै जाने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि तारानाथ दाहालले बास नेपालको सुशासन अभियान उत्कृष्ट अभियान रहेको बताए । उनले राज्य विचलीत भएको अवस्थामा बास जस्ता संस्थाहरुले सहि मार्गमा ल्याउन पैरबीको कार्य गर्ने उनको भनाई थियो ।

यसैगरी कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि भ्रष्ट्राचार बिरुद्धका अभियन्ता केदार खड्काले २५ बर्ष पुरा गरेको बास नेपालले राष्ट्रिय परिचय हासिल गरेको बताए ।

बास नेपालले युवाहरुलाई उर्जा भरेको बताउदै उनले भने जहाँ जहाँ भ्रष्टाचार मौलाउछ त्यहा बास नेपाल पुग्छ । उनले बासको आगामी यात्राको सफलताको शुभकामना ब्यक्त गरे ।

बासका केन्द्रीय महासचिब कल्पना अधिकारीले सञ्चालन गरेको रजत समारोहमा भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान, बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा, कर्मचारीलाई विधा अवार्ड, उत्कृष्ट स्वयम् सेवक, सामाजिक उत्तरदायित्व वहन गर्ने ब्यक्ति लगायतलाई सम्मान गरिएको थियो ।

रजत समारोहमा ३ सय ५० बढीको सहभागिता रहेको थियो । बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान बास नेपालको रजत समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ । भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान भ्रष्टाचार बिरुद्धको नागरिक सम्मान सूचनाको हकका अभियन्ता तारनाथ दाहाललाई प्रदान गरिएको छ ।

भ्रष्टाचार बिरुद्धको अन्तराष्टिय दिवस तथा बास नेपालको रजत समारोहको अवसरमा नेपालगन्जमा आयोजित रजत बर्ष बिशेष कार्यक्रममा अयियन्ता दाहाललाई भ्रष्टाचार बिरुद्ध नागरिक सम्मान २०८२ प्रदान गरिएको हो । सूचनाको हक प्रबद्र्धन, प्रचलनका माध्यमबाट भ्रष्टाचार बिरुद्ध पुर्याएको नेतृत्वदायी योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

विभिन्न ब्यक्तिहरुलाई सामाजिक उत्तरदायित्व सम्मान रजत समारोहको अवसरमा शिक्षा क्षेत्रबाट ब्राइटल्याण्ड स्कुल नेपालगन्जका संस्थापक बिजय लामा, स्वास्थ्य क्षेत्रबाट बरिष्ट चिकित्सक डा.एम किदवाई, साहित्य क्षेत्रबाट बरिष्ट साहित्यकार सनत रेग्मी, पत्रकारिता क्षेत्रबाट झलक गैरे, महिला बालवालिका मधेसी मुस्लिम समुदायको उत्थानका काम गरे बापत फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, गीत, संगित र कला क्षेत्रबाट बरिष्ट कलाकार कमल बिके निर्मोहीलगायत सम्मानित भए ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार
ताजा समाचार