स्रोत नखुलेको रकम सहित एक जना प्रहरीकाे नियन्त्रणमा

सदरलाइन संवाददाता २९ मंसिर २०८२, सोमबार १६:५४
 

नेपालगञ्ज : प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।


नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई प्रहरीले नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

नेपालगञ्जको त्रिभुवन चोकका एक व्यवसायीले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएकाे  प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पश्चिमा देशले सुरक्षा ग्यारेन्टी गरे युक्रेन नेटो त्याग्न तयार

२९ मंसिर २०८२, सोमबार १६:५४
युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको […]