२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

स्रोत नखुलेको रकम सहित एक जना प्रहरीकाे नियन्त्रणमा



नेपालगञ्ज : प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु एक लाखसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई प्रहरीले नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

नेपालगञ्जको त्रिभुवन चोकका एक व्यवसायीले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएकाे  प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार
ताजा समाचार