नेपालगञ्जको बेलासपुरको चिडिमारटोलमा बृहत सरसफाई

सदरलाइन संवाददाता १८ कार्तिक २०८२, मंगलवार १८:०८
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलासपुरमा रहेको चिडिमार टोलमा वृहद सामुदायिक सरसफाई अभियान समपन्न भएको छ ।

द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजनामा मंगलबार सो सामुदायिक सरसफाई सम्पन्न भएको हो ।

गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताए ।


सरसफाई अभियानमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य राजकुमार बाल्मिकी, बास नेपालका बाँके शाखा अध्यक्ष रामु चिडिमार, बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु र स्थानीयको सामुहिक सहभागिता रहेको थियो ।

३० जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, सिसा तथा काँचका टुक्रा र बोतलहरु, कागज जन्य पदार्थ, मिसावट भएको फोहोर हरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताए ।

टोलमा रहेका सम्पुर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरु सफा गरिएको बोहराले बताए । बास नेपालले नेपालगञ्ज क्षेत्रमा नियमित रुपमा सरसफाइ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा धान खरिदका लागि मूल्य निर्धारण, आइतबारबाट खरिद थालिने

१८ कार्तिक २०८२, मंगलवार १८:०८
नेपालगञ्ज  :  बाँकेका किसानले यसवर्ष उत्पादन गरेको धान खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मूल्य निर्धारण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्गलबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रति क्विन्टल तीन हजार ४ सय ६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रति […]