भन्सार युद्ध सुरू भएपछि चीनको निर्यात घट्यो

एजेन्सी २१ कार्तिक २०८२, शुक्रबार १९:२४
 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलमा भन्सार युद्ध सुरू गरेपछि चीनको निर्यातमा पहिलो पटक गिरावट आएको छ। चीनले शुक्रबार जारी गरेको भन्सार तथ्यांकका अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रको निर्यात ९डलरको हिसाबमा० अक्टोबरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा १।१ प्रतिशतले घटेको छ।

यसअघि फेब्रुअरीमा पनि निर्यात घटेको थियो। त्यसपछि निर्यात लगातार बढेर सेप्टेम्बरमा ८.३ प्रतिशतको वृद्धि हासिल गरेको थियो। तर अक्टोबरमा भने अप्रत्यासित रूपमा गिरावट आएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। चार वर्ष लामो घर जग्गा कारोबारमा मन्दी र कमजोर घरेलु खपतको प्रभावलाई कम गर्न चीनको अर्थतन्त्र निर्यात व्यापारमा निर्भर छ।

ट्रम्पले दोस्रो कार्यकालमा फेरि चीनसँग व्यापार युद्ध सुरू गरे पनि निर्यात घटेको थिएन।


उच्च भन्सार लगाएकै कारण ट्रम्पको दोस्रो कार्यकालमा चीनको अमेरिकामा हुने निर्यात केही घटेको छ। तर यो समयमा अरू देशमा झन् धेरै बेचेका कारण चीनको समग्र निर्यात यो वर्ष अझ बढेको थियो।

अक्टोबरमा अमेरिकामा हुने निर्यात २५ प्रतिशतले घटेको थियो। दक्षिण एसिया र युरोपमा हुने चीनको निर्यात अक्टोबरमा पनि बढ्यो । तर सो वृद्धि दर अलिक कम भएकाले अघिल्लो वर्षको तुलना चीनको समग्र निर्यात घटेको हो। गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङले एक वर्षका लागि व्यापार–युद्ध विराम गरेपछि चीनको अमेरिकामा हुने निर्यात फेरि बढ्ने अपेक्षा गरिएको छ।

चीनले फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बिक्रीमा कडाइ गर्ने वाचा गरेपछि चिनियाँ वस्तुमा लगाएको भन्सार १० प्रतिशतले घटाउन ट्रम्प सहमत भएका छन्। त्यस कारणले पनि निर्यात बढ्ने अपेक्षा गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका किसानले उत्पादन गरेको धान सबै खरिद गर्न नसक्ने खाध्य व्यवस्था कम्पनीको भनाई

२१ कार्तिक २०८२, शुक्रबार १९:२४
नेपालगञ्ज :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसंगै कोटा लागू गरेपछि आफ्नो उत्पादन बिक्रि गर्न नपाउने चिन्ताले सताएको छ । यसवर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार […]