
काठमाडौं : काठमाडौंमा जारी ग्लोबल क्लाईमेट समिट–२०२५ मा एशीया ४ एच नेटवर्कले नेपालका विष्णुप्रसाद बेलबासे सहित विभिन्न १० देशका सामाजिक अभियन्ताहरुलाई सम्मान गरेको छ ।

सम्मान प्राप्त गर्ने नेपालका बेलबासे बाँकेको कोहलपुर निवासी हुन । उनी पत्रकारिता र समाज सेवामा सक्रिय रहेका छन् ।
एशीया ४ एच नेटवर्कले उनीहरुलाई ग्लोबल ४ एच भिजिनरी लिडरसिप अवार्डबाट सम्मान गरेको हो । काठमाडौैमा आयोजित सो समिटमा नेपाल, अमेरिका, जापान, ताईवान लगायतका १० देशका सामाजिक अभियन्ताले सो अवार्ड जितेका हुन ।


