संविधानको रक्षा र अराजकताविरुद्ध अर्घाखाँचीमा एमालेको बृहत् सद्भावर्याली

सदरलाइन संवाददाता १० कार्तिक २०८२, सोमबार १८:०६
 

अर्घाखाँची : नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव ¥यालीको आयोजना गरेको छ । देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव ¥याली निकालिएको हो ।

¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, युवा, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको छ । सद्भाव ¥यालीले सन्धिखर्क बजारका विभिन्न भागको परिक्रमा गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा पार्टी नेता चेतनारायण आचार्य, केन्द्रिय नेता सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय नेताहरूको सहभागितामा सद्भाव ¥याली निस्किएको हो ।

संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश सद्भाव ¥याली मार्फत दिइएको एमाले अर्घाखाँचीले जनाएको छ । सो सद्भाव ¥यालीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन–जी आन्दोलनको नाममा भएको घुसपैठ, तोडफोड र आगजनीका घटनामा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् ।


नेकपा (एमाले) अर्घाखाँचीले सोमबार आयोजना गरेको बृहत् सद्भाव ¥यालीपछि सन्धिखर्कमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रशासनले कारबाहीमा ढिलाइ गरेको भन्दै ध्यानाकर्षण गराएका हुन ।

उनले भने,‘धैर्यताको बाँध अझै टुटेको छैन । कानुनी शासनमा विश्वास राख्ने हाम्रो मान्यता हो । तर, तोडफोड र आगजनीमा संलग्नहरूलाई अविलम्ब कारबाही गरिएन भने धैर्यताको बाँध टुट्नेछ । धैर्यताको बाँध टुटे जनताले नै कारबाही थाल्नेछन् ।’

मुख्यमन्त्री आचार्यले संविधान, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए । उनले भने, ‘संविधानको रक्षा र राष्ट्रिय एकताका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुन जरुरी छ ।’

संवोधनका क्रममा एमाले केन्द्रीय सदस्य समेत रहेका आचार्यले अर्घाखाँची अझै पनि एमालेको बलियो किल्ला रहेको र पार्टी संगठन अझ सुदृढ बन्दै गएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम

१० कार्तिक २०८२, सोमबार १८:०६
काठमाडौँ :  मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । ‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम […]