२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अधिवेशनका लागि स्वास्थ्यकर्मी संघको भेला



नेपालगञ्ज : नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले शिेष भेला नेपालगञ्जमा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष टेकबहादुर केसीको अध्यक्षतामा बसेको विशेष भेलाले माघ १५ गतेभित्र संघको पालिकास्तरीय अधिवेशन गरि सक्ने निर्णय गरेको छ । त्यसैगरी भेलाले पालिका तथा जिल्ला तहको अधिवेशन सम्पन्न गर्नका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

जिल्ला अध्यक्ष के.सी संयोजक र तेजबहादुर वली सहसंयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सदस्यमा नरेशबाबु श्रेष्ठ, दुर्गा गौतम र जागेश्वर बस्नेत रहनु भएको छ । उक्त भेलाको विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा बधाई ज्ञापन समेत गरेको छ ।

प्रजातान्त्रिक जनस्वास्थ्यकर्मी संघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा निर्वाचित नरेश बाबु श्रेष्ठ, लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संघको केन्द्रिय सभापती मा निर्वाचित यमबहादुर खड्का, विभागीय अध्यक्षमा निर्वाचित विजय त्रिपाठी, टे«ड युनियन काग्रेस जिल्ला कार्यसमिति बाँकेका सहसचिव अमृता शाही, सदस्य मोहन देवकोटा र हेमन्त शर्मालाई सम्मान गरेको संघका जिल्ला कार्यबाहक सचिव तेज वलीले बताए ।

संघको विशेष भेलामा निवर्तमान जिल्ला अध्यक्ष सरोज कुमार शाहको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० पुस १५ गते आइतबार
ताजा समाचार