बाढीपहिरोबाट मृत्यु हुने परिवारलाई दुई–दुई लाख र घरबास गुमाएकालाई ५० हजार दिईने

सदरलाइन संवाददाता २१ आश्विन २०८२, मंगलवार १९:२६
 

काठमाडौँ : सरकारले असोज १७ गतेदेखि १९ गतेको बाढीपहिरोबाट मृत्यु हुने परिवारलाई दुई–दुई लाख र घरबास गुमाएकालाई ५० हजार दिने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले घरबास गुमाएका परिवारहरूका लागि स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको हो ।


अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने र निर्णयपछि थप २५ हजार गरी ५० हजार उपलब्ध गराउने निर्णय गरेको हो ।

त्यस्तै मृतकका परिवारलाई दुई लाख र स्थायी आवास निर्माणका लागि पनि मापदण्ड अनुसार दुईदेखि ५ लाख रुपैँया उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा १४ जुवाडेका साथबाट साढे १३ लाख बढी रकम बरामद

२१ आश्विन २०८२, मंगलवार १९:२६
नेपालगञ्ज :  बाँके प्रहरीले नेपालगञ्जको एक जुवा अड्डामा छापा मारेर साढे १३ लाख बढी रुपैया सहित १४ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा प्रहरी निरिक्षक यमबहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगञ्ज–बाइपासमा […]