नेपालगञ्जमा जेनजी शहीद शुलभ र आयुषका नाममा सडकको नामाकरण

सदरलाइन संवाददाता २३ आश्विन २०८२, बिहीबार १३:५१
 

नेपालगञ्ज : काठमाण्डौमा जेनजी प्रदर्शनका क्रममा गत भाद्र २३ गते प्रहरीको गोलीबाट मृत्यु भएका जेनजी शहीदद्वय शुलभ र आयुषको नाममा नेपालगञ्जमा चोक र सडक नामाकरण गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडानं १ का स्थायी बासिन्दा समेत रहेका जेनजी शहीदहरू ई.शुलभ श्रेष्ठ र आयुष थापाका नाममा वडाले मार्ग नामाकरणसहित गेट निर्माण गर्ने भएको हो ।


धम्बोझीको प्रहरी गुल्मबाट धम्बोजी वाटरपार्क जाने ठाउँमा शुलभ गेट निर्माण गर्दै सो सडकखण्डको गायत्री मन्दिरसम्मको बाटोलाई शुलभ मार्ग नामाकरण गर्ने र त्यस्तै खजुरारोड शिव मन्दिरदेखि विशालनगर चोकसम्मको बाटोलाई आयुष मार्ग नामाकरण गर्दै विशाल चोकमा आयुष गेट निर्माण गरिने निर्णय भएको वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।

वडा अध्यक्ष  रिजालले वडा नम्बर १ को वडा समितिबाट निर्णय भइसकेको जनाउँदै उनले स्थानीय सरकारकै लगानीमा गेट निर्माण हुने बताए । जेनजी प्रदर्शनका क्रममा २३ गते प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नेपालगञ्जमा शुलभ र आयुषको ट्रमा सेण्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व उपकुलपति प्रा डा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको आरोपपत्र दायर

२३ आश्विन २०८२, बिहीबार १३:५१
  काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्रा डा. सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । गैरकानुनी लाभ लिई संस्थालाई आर्थिक हानि पु¥याएको आरोपमा विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको जानकारी आयोगले दिएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार […]