नेपालगञ्जका विभिन्न होटलबाट आपत्तिजनक कार्यमा संलग ४५ जना प्रहरीको फन्दामा

सदरलाइन संवाददाता २५ आश्विन २०८२, शनिबार १४:२३
 

नेपालगञ्ज :  बाँके प्रहरीले नेपालगञ्जका विभिन्न होटलबाट आपत्तिजनक कार्यमा संलग्न रहेको आरोपमा ४५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले शुक्रबार साँझ नेपालगञ्जको मिलन कटेज, दङ्गाली होटल, भेरी कर्णाली होटल र रिभर साइड होटलमा छापा मारेर ४५ जना महिला पुरुषहरु आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको बताए ।


नेपालगञ्जका विभिन्न होटलहरुमा अनैतिक कार्य भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर ४५ जना महिला र पुरुषलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले ती चार होटमा छापा मारेर एकैदिन ३१ महिला १४ पुरुष गरेर ४५ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेकाहरू मध्ये पुरुषहरू अधिकांश भारतीय नागरिक भएको जनाइएको छ ।

पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘वेश्यावृत्तिमा संलग्न भएको पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने छ,’प्रहरी प्रवक्ता पातलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या

२५ आश्विन २०८२, शनिबार १४:२३
नेपालगञ्ज : कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका–३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घोडाघोडी गाउँपालिका–८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले बुढाको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, […]