२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

नेपालगञ्जमा १४ जुवाडेका साथबाट साढे १३ लाख बढी रकम बरामद



नेपालगञ्ज :  बाँके प्रहरीले नेपालगञ्जको एक जुवा अड्डामा छापा मारेर साढे १३ लाख बढी रुपैया सहित १४ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीको निर्देशनमा प्रहरी निरिक्षक यमबहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गए राति ११ बजे नेपालगञ्ज–बाइपासमा रहेको मौरी रेस्टुरेन्टमा सञ्चालन भएको जुवाखालको छापा मारेर जुवाखालबाट बाँकेका १४ जना हाइप्रोफाइल जुवाडेहरुलाई १३ लाख ६३ हजार आठ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

सो जुवाको खालबाट पक्राउ पर्नेमा बिज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषी गुप्ता, तरुण गौतम, विनोद खड्का, महम्मद तफिक बेहना, रमेश शाही, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागीरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेको प्रहरी उपरिक्षक जिशीले जानकारी दिए ।

माहुरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबै जुवाडेहरुलाई आज थप अनुसन्धानका लागि म्याद थपका लागि बाँके जिल्ला अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असोज २३ गते बिहीबार
ताजा समाचार