काँग्रेस सभापति देउवा र पत्नी आरजु उपचारका लागि सिंगापुर प्रस्थान

सदरलाइन संवाददाता ११ कार्तिक २०८२, मंगलवार ०९:५१
 

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा उपचारका लागि गए राति सिंगापुर प्रस्थान गरेका छन् । उनीहरु गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेलामा घाइते भएका थिए ।

देउवा दम्पती उपचारको लागि गए राति ११ बजेको उडानबाट सिंगापुर प्रस्थान गरेका हुन । गत भदौ २४ गते जेन–जी आन्दोलन क्रममा आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो ।


उनीहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो । सो आक्रमणका कारण सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्र मन्त्री राणालाई प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए ।

त्यस दिन नेपाली सेनाले उद्दार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो ।

असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्दै घरमै आराम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उदाउदो सूर्यलाई अर्घ दिदै छठ पूजाको समापन

११ कार्तिक २०८२, मंगलवार ०९:५१
नेपालगञ्ज :  छठ पर्वको अवसरमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजाआराधना गरी विधिवत रुपमा मनाइएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरको पोखरीमा छठ पर्वको लागि निर्माण गरिएको बेदीमा पूजाआजा गरी हिजो साँझ अस्ताउदो सूर्यलाई अर्घ दिएर रातभर जागराम बसेर बिहान उदाउदो सूर्यलाई अर्घ दिएर छठ पूजा सम्पन्न गरिएको हो […]