नेपालगञ्ज म्याराथनका लागि केन्याका जोन र मिस नेपाल श्रृच्छा सदभावना दूत नियुक्त

सदरलाइन संवाददाता २७ आश्विन २०८२, सोमबार १८:१९
 

नेपालगञ्ज : नेपालगञ्न म्याराथनका लागि केन्याका जोन र मिस नेपाल श्रृच्छा सदभावना दूत नियुक्त भएका छन् । वल्र्ड क्लास धावक केन्या निवासी जोन केलाई र मिसन नेपालवल्र्ड २०२३ श्रृष्छा प्रधान नेपालगञ्ज म्याराथनको सदभावनादूत नियुक्त भएका हुन् ।

सोमवार नेपालगञ्जमा आयोजित बिशेष कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले सदभावनादूतको कदरपत्र जोन र श्रृच्छालाई हस्तान्तरण गरेका थिए ।

नगरप्रमुख बिष्टले छोटो समयमै नेपालगञ्ज म्याराथनले अन्तर्राष्ट्रिय जगतमा विश्वास आर्जन गर्न सफल भएको बताए । ‘म्याराथन खेलमात्र नभई अब शान्ति सदभाव र एकताको सशक्त माध्यम बनि सकेको छ ।’ मेयर बिष्टले भने–‘उपमहानगरपालिका सदा संस्थागत सहकार्यका लागितयार छ, यतिबेला हामीले विभाजित मनलाई एक ढिक्का बनाउनु छ, मंसिर ६ गतेलाई साँच्चिकै एकता र सदभावको दिनबनाऔं ।’

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले धारा नेपालगञ्ज म्याराथनको मेहनत र प्रतिफलबाट आफुहरु निकै प्रभावितभएको बताउँदै अझ यसको दायरा बढाउँदै जाँदा आफ्नोतर्फबाट भरपुर सहयोग गर्ने बताए ।


विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१०का स्वर्णपदकधारी केन्याका जोनले संसारभरबाट प्राकृतिक सौन्दर्य हेर्न नेपाल आउने गरेकोमा अब म्याराथनका बहानामा समेत आउने धेरै सम्भावना बढेको धारणा व्यक्त गरे । आफुले अन्तर्राष्ट्रिय धावकहरुलाई नेपाल ल्याउन पहल गर्ने पनि उनले बताए ।

त्यसैगरी मिस नेपाल श्रृच्छाले पर्यावरणीय संकटलाई सामुहिक प्रयासबाट निकारण गर्नुपर्ने र यसका लागि म्याराथन जस्ता इभेन्ट प्रभावकारी हुने बताइन् । आयोजकले दौडमार्फत पर्यावरण जोगाउन आफुलाई छनोट गरेकोमा खुशीव्यक्त गरिन् ।

कार्यक्रममा गौघाट ग्रीन रनको टिसर्ट समेत सार्वजनिक गरियो । ग्रीन रन भोलि बिहान खजुराको सितापुरमा हुँदैछ । धारा नेपालगञ्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरि सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माटो र परम्परासँग गाँसिएको कुम्हार समुदायको जीवन

२७ आश्विन २०८२, सोमबार १८:१९
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिका वडा नं.१३ का कुम्हार समुदाय बिहान सबेरैदेखि बेलुकी ढल्केसम्म छठ तथा दीपावलीमा प्रयोग हुने दियो, कलश, ठेकी, भाँडा र अन्य पूजामा प्रयोग हुने सामग्री बनाउन व्यस्त छन् । चाडपर्व नजिकिएसँगै बजारमा माटाका सामग्रीको माग तीव्ररूपमा बढेपछि कुम्हारहरूलाई अर्डर पुर्याउनसमेत हम्मे परेको नेपालगञ्ज १३ का सावित कुम्हार […]