दल घोषणा गर्दै जेनजी युवा मिरज

सदरलाइन संवाददाता ३१ आश्विन २०८२, शुक्रबार १८:००
 

नेपालगञ्ज : जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् । ढुंगानाले भोलि शनिबार दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।


सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् । ‘देश गम्भीर अवस्थामा छ । देशले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् ।

ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका किसानलाई बदामखेती भित्र्याउने चटारो

३१ आश्विन २०८२, शुक्रबार १८:००
नेपालगञ्ज : बाँकेमा बदाम खेती गर्ने किसानले उत्पादन गरेको बदाम किसानलाई भित्र्याउने चटारो परेको छ । निजिकिदो दिपावली तथा छठको कारण किसान कै खेतबारीबाटै नगदमै खरिद विक्रि हुनेहुँदा यहाँका किसानलाई चटारो परेको हो । बदाम खनेको खेतमै व्यापारीले नगदमै उठाईदिदा उनीहरुको लागि नगदेबालीको रुपमा बदाम खेती पर्दै आएको छ । […]