मुख्यमन्त्री आचार्य र युएनडीपी टोलीबीच भेटवार्ता : जैविक मल र रोजगारी अभिवृद्धिमा सहकार्यको खोजि

सदरलाइन संवाददाता १२ कार्तिक २०८२, बुधबार १८:१०
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बुधबार भएको हो ।

भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले दातृ निकायहरूले समेत सरकारका प्राथमिकतासँग मेल खाने गरी योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न समुदायको उत्थानशीलता बढाउनेगरी अनुकूलन कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउने उद्देश्यअनुसार प्राङ्गारिक मल उत्पादनलाई मुख्य कार्यसूचीमा राखिएको बताए ।


‘पहिलो चरणमा पहाडी जिल्लामा वातावरणीय अनुकूलन र अर्गानिक प्रदेश बनाउनेगरी कार्यक्रमहरू अघि बढाएका छौं’, उनले भने,’पात–पतिंगर संकलन गरेर सामुदायिक वनसँग सहकार्यमा प्राङ्गारिक मल उत्पादनका अभियानहरू थालिएका छन् ।’

भेटमा बायोचार, जलवायु परिवर्तन वित्तीय रूपरेखा र स्थानीय जलवायु अनुकूलित जीविकोपार्जनका लागि सुविधा कार्यक्रम बारे पनि विस्तृत छलफल भएको थियो ।

भेटमा युएनडीपी नेपालका फिल्ड अफिस लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्याल, स्विडिस अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सी सिडाका वरिष्ठ कार्यक्रम अधिकृत क्रियाङ्क्राई थिटिमाकर्न, युएनडीपी क्षेत्रीय केन्द्र, बैककका सार्वजनिक वित्त व्यवस्थापन विशेषज्ञ विवेक मिश्र, संयुक्त राष्ट्र पूँजी विकास कोष जलवायु वित्त विश्लेषक इनीज मानन्धर, कार्यक्रम अधिकृत प्रज्ञान जोशी, जलवायु परिवर्तन विशेषज्ञ अनु अधिकारी सहभागी थिए । सो क्रममा यूएनडिपीले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको ५० प्रतिशत निर्माण सम्पन्न

१२ कार्तिक २०८२, बुधबार १८:१०
नेपालगञ्ज :  बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाई आयोजनाको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । २०६२ सालमा निर्माण सुरु भएको आयोजनाले विभिन्न आरोह अवरोहका बाबजुद ५० प्रतिशत प्रगति हासिल गर्न सफल भएको हो । आयोजनाले हाल ४५ किलोमिटर पश्चिम मूलनहर निर्माण सम्पन्न गरि त्यसका शाखा प्रशाखा निर्माणको क्रममा […]