बाँके प्रहरीद्वारा झण्डै ३ वर्षमा विभिन्न प्रकारका २३ अवैध हतियार नियन्त्रण

सदरलाइन संवाददाता २६ आश्विन २०८२, आईतवार १८:२५
 

नेपालगञ्ज  : बाँके प्रहरीले बितेका तीन आर्थिक वर्षमा विभिन्न प्रकारका २३ अबैध हतियार नियन्त्रणमा लिन सफल भएको छ । बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही वर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, खोका १ थान, नाल ४ थान, गज १ थान, केप ९६ वटा, बारुद १ डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।

गत आर्थिक वर्षमा बाँके प्रहरीले हातहतियारसँग सम्बन्धित ५ वटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । आ.व. २०८०–०८१ मा ८ वटा मुद्दा दर्ता गरी १२ जनालाई हातहतियार मुद्दामा पक्राउ गरिएको थियो । ६ थान भरुवा बन्दुक, १ थान कटुवा पेस्तोल र ३ गोली राउण्ड बरामद गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष २०७९– ०८० मा १६ जना व्यक्ति पक्राउ परेका थिए । ६ वटा मुद्दा दर्ता भएको थियो ।

सो अवधिमा प्रहरीले १ थान अटोमेटिक पेस्तोल र ११ थान भरुवा बन्दुक बरामद गरेको थियो । साथै पेस्तोलका ९ राउन्ड गोली र करिब ६ सय ग्राम बारुद फेला परेको थियो ।

चालु आर्थिक वर्ष २०८२–०८३ को असोज महिनासम्म कुनै मुद्दा दर्ता नभएको र हातहतियार बरामद नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा स्थानीय समुदायको सहकार्य, सीमा क्षेत्रमा कडाइ र सूचनाको प्रभावकारी उपयोगका कारण अवैध हातहतियार नियन्त्रणमा उल्लेखनीय सुधार आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हमासले २० जना बन्धक रिहा गर्‍यो

२६ आश्विन २०८२, आईतवार १८:२५
हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो । हमासले २० जना बन्धक रिहा […]