६ घण्टापछि तुइनखोलाको पहिरो खुल्यो

सदरलाइन संवाददाता १३ आश्विन २०८२, सोमबार १९:१३
 

चितवन : मुग्लिन–नारायणघाट अन्तरगतको तुइनखोलाको पहिरो छ घण्टापछि पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ ।

दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे तिर खुलाइएको थियो ।


सार्वजनिक विदा भएको दिन सोमबार यात्रुको चाप धेरै भएको थियो । मध्यान्हबाटै मुख्य राजमार्गअवरुद्ध भएपछि सडकमा थामनिसक्नुको भिड भएको थियो ।

पहिरो पन्छाएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशै मानाउन जमुनाह नाका हुदै डेढ लाखबढी नेपाली फर्किए

१३ आश्विन २०८२, सोमबार १९:१३
नेपालगञ्ज : जमुनाह नाका हुँदै दशै तिहार मानाउन डेढ लाखबढी नेपाली फर्किएका छन् । नजिकिदै गरेको बडा दशै तिहारलगायतको पर्व मनाउने उद्देश्यले भारत गएकाहरु धमाधम फर्कन थालेका छन् । दशै मनाउने उदेश्यले यसरी नेपाल फर्कनेहरुको नेपाल–भारत सीमा क्षेत्रको जमुनाहमा निक्कै घुईचो नै लाग्ने गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका […]