२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

६ घण्टापछि तुइनखोलाको पहिरो खुल्यो



चितवन : मुग्लिन–नारायणघाट अन्तरगतको तुइनखोलाको पहिरो छ घण्टापछि पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ ।

दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे तिर खुलाइएको थियो ।

सार्वजनिक विदा भएको दिन सोमबार यात्रुको चाप धेरै भएको थियो । मध्यान्हबाटै मुख्य राजमार्गअवरुद्ध भएपछि सडकमा थामनिसक्नुको भिड भएको थियो ।

पहिरो पन्छाएपछि दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असोज १३ गते सोमबार
ताजा समाचार