तीनैतहको सरकारबीच सम्बन्ध सुदृढ गर्न आवश्यक :  मुख्यमन्त्री कँडेल

सदरलाइन संवाददाता १६ भाद्र २०८२, सोमबार १५:२६
 

सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो त्यति नै सहज हुने बताएका छन् ।

मुख्यमन्त्री कँडेलले तीनै तहबीचको सहकार्य र समन्वयलाई मजबुत बनाउन सके मात्रै सङ्घीयताको मर्म अनुसारको लक्ष्य पुरा हुने उल्लेख गरे।

आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संघ र प्रदेशले नीति तथा योजना बनाउने भए पनि कार्यान्वयनको वास्तविक स्थान स्थानीय तह भएकाले समन्वयलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे ।

संघ र प्रदेशले गर्ने विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह भएकोले स्थानीय सरकारलाई जिम्मेवार र सक्षम बनाउन आवश्यक रहेको मुख्यमन्त्री कडेलले भनाइ थियो ।


मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले सुरु गरेको योजना बैकलाई स्थानीय तहले अनुसरण गर्नु पर्ने उल्लेख गरे । विगतको अनुभवबाट सिक्दै, विगतको तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै जाने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

उनले भने–‘हामीसँग भएको सीमित स्रोत र साधनलाई सही सदुपयोग गर्नु पर्छ ।’ कर्मचारी प्रशासनतर्फ सङ्केत गर्दै मुख्यमन्त्री कँडेलले केवल समस्या देखाउने मात्र होइन, समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्ति विकास गर्नुपर्नेमा जोड दिए ।

‘समस्या देखाउन सजिलो हुन्छ, तर त्यसको समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ’– उनले भने, विधि, थिति र कानुनको पालना गर्न सबैलाई कर्तव्य हो त्यसकारण विभेद नगरि काम गर्न आवश्यक छ ।’ उनले सङ्घीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय प्रधानमन्त्री मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा अमेरिकाको आपत्ति

१६ भाद्र २०८२, सोमबार १५:२६
ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन्। ‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी बुझ्नेछन् कि उनी रूसको सट्टा हाम्रो (अमेरिकाको) पक्षमा हुनुपर्छ,’ उनले भने । नवारोले […]

सम्बन्धित