सदरलाइनडटकम तुल्सीपुर (दाङ)ः खोलाले बगाउँदा दाङमा दुई जनाको मृत्यु भएको छ । ग्वारखोला तर्ने क्रममा तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँका ४५ वर्षीय पर्शुराम चौधरीको मृत्यु भएको हो । तुलसीपुर १६ जगदा गाउँका आफन्तीको घरबाट फर्कने क्रममा उनलाई शनिवार बेलुकी खोलाले बगाएको थियो । प्रहरीका अनुसार चौधरीको शव आइतवार विहान भेटिएको हो । सँगै रहेका सोही गाउँका चित्रबहादुर चौधरी पनि सम्पर्कमा नरहेको प्रहरीले बताएको छ ।
उनको मोबाइल बन्द रहेकोले सम्पर्क हुन छैन । यस्तै तुलसीपुरमा कुलोमा डुबेर एक बालकको मृत्युभएको छ । तुलसीपुर उपमहानपालिका १६ बस्ने प्रकाश चौधरीका ८ बर्षिय छोरा अभिषेक चौधरीको गुहिन्द्रीकुलोमा डुबेर मृत्युभएको प्रहरीले जनाएको छ ।


