२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

भन्सार छलेर ल्याइएका खसीबोका प्रहरी नियन्त्रणमा



नेपालगञ्ज :  भारतबाट भन्सार छलेर बडा दशैलाई लक्षित गरी ल्याईएका खशीबोका बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । सीमापारीबाट अवैध आयात बढ्न थालेपछि सक्रियता बढाएको प्रहरीले सोमवार खसी बोकासहित करिब दुई लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रहरीले भारतबाट अवैध रुपमा चोरी निकासी गरेर भित्र्याइएका १० वटा खसी बोका नेपालगञ्ज–१६ बाट र ठुलो परिमाणको मोबाइल चार्जर, पावर बैंक तथा कभर नेपालगञ्ज–१० गणेशमान चोकबाट तस्करसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले आइतवार मात्रै २५ हजार रुपियाँभन्दा बढीको अवैध कुखुरा बारमद गरेकोमा सोमवार खसी बोकासहित एक लाख ८१ हजार ४ सय ५० रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको बताए ।

उनले दसैँकोबेला खसी बोका लगायत कुखुराको मासुको समेत माग बढ्कोले तस्करी पनि बढेको जनाउँदै प्रहरीले तस्करलाई सफल हुन नदिने दाबी गरे ।

नियन्त्रणमा लिएको सामान तथा खसीसहित ओसारपसारमा संलग्न व्यक्ति र प्रयोग गरिएको मोटरसाइकललाई पशु क्वारेन्टाइन कार्यालय तथा भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरी प्रवक्ता पातलीले बताए ।

प्रकाशित मिति : २०८२ असोज १४ गते मंगलबार
ताजा समाचार