बसको ठक्करबाट बैतडीमा एक महिलाको मृत्युु

सदरलाइन संवाददाता १४ आश्विन २०८२, मंगलवार १९:२८
 

बैतडी : बैतडीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार मृतक महिला जात्रा हेरेर घर फर्किदै गरेकी थिईन ।

दशरथचन्द राजमार्ग अन्तरर्गत जिल्लाको दशरथचन्द नगरपालिका– १ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिदा स्थानीय भागरथी लुहारको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक रायले बताए ।


देहिमाण्डू मेला हेरी घर फर्कीदै गरेकी महिलालाई सतबाँजबाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो । बस प्रहरीको नियन्त्रणमा रहेको डिएसपी रायले बताए ।

उनले बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको बताए । घटनाको बिरोधमा स्थानीयहरूले चक्काजाम गरेका छन् । पीडित पक्षसँग छलफल गरि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलेर ल्याइएका खसीबोका प्रहरी नियन्त्रणमा

१४ आश्विन २०८२, मंगलवार १९:२८
नेपालगञ्ज :  भारतबाट भन्सार छलेर बडा दशैलाई लक्षित गरी ल्याईएका खशीबोका बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । सीमापारीबाट अवैध आयात बढ्न थालेपछि सक्रियता बढाएको प्रहरीले सोमवार खसी बोकासहित करिब दुई लाख रुपियाँको अवैध सामान नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार प्रहरीले […]