२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

रवी ओड सुदूरपश्चिमको पर्यटन दुत !



सदरलाइनडटकम,
महेन्द्रनगर (कञ्चनपुर)  :  सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडियल सिजन–२ का बिजेता रवी ओडलाई सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त गरेको छ ।

कन्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग–२ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले ओडलाई प्रदेशको पर्यटन दुतकारूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल–२०२० लाई सफल बनाउने उद्देश्यले आईडियल ओडलाई सुदुरपश्चिम प्रदेशको पर्यटन दुतमा नियुक्त गरेको वताइन ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तीब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला सुदूरपश्चिम सरकारले ओडलाई पर्यटनदूतको रुपमा नियुक्त गरेको हो ।

‘आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादनहरुको प्रचार प्रसारमा सहयोग पुग्ने उद्वेश्यले उहाँलाई पर्यटन दुतमा नियुक्त गरिएको हो’–मन्त्री भट्टले भनिन ।

सुदुरपश्चिम प्रदेश सरकारले पर्यटन वर्ष २०२० लाई सफल बनाउन यसअघि नै प्रदेशस्तरिय समिति बनाएर कार्य अघि बढाएको छ ।

प्रकाशित मिति : २०७६ मंसिर १ गते आइतबार
ताजा समाचार