रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न अस्वीकार

सदरलाइन संवाददाता २६ श्रावण २०८२, सोमबार १९:३७
 
                                                                                                                                                                    फाईल फोटो

रुपन्देही :  सहकारी ठगीमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न अदालतले अस्वीकार गरेको छ ।

रुपन्देही जिल्ला अदालतले लामिछानेको निवेदनमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाको इजलासले निवेदनमा गरिएको मागबमोजिम नहुने आदेश गरेको सुचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

सभापति लामिछानेले आफ्नो भागको बिगो तिर्ने भन्दै मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ६८ र ७१ बमोजिम बैंक ग्यारेन्टीसहितको निवेदन दिएका थिए ।


लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा २ करोड ७४ लाख ८५ हजार बराबरको बैंक जमानत पेश गरेका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीमा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई उल्टाउँदै २०८१ चैत्र १२ गते उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाएको थियो ।

उच्चको आदेशलाई सर्वोच्च अदालतको संयुक्त इजलासले समेत सदर गरेको थियो । उच्च अदालतको आदेशले लामिछाने गत चैत २५ देखि भैरहवा कारागार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली बैंक घोटाला प्रकरण : ‘छानबिन गर्न निवेदन दिनेमाथि नै मुद्दा चलाइयो’

२६ श्रावण २०८२, सोमबार १९:३७
फाईल फोटो नेपालगञ्ज : नेपालगञ्जमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकको रकम हिनामिना प्रकरणमा आफुमाथि मुद्दा चलाइएको भन्दै पुर्पक्षका लागि थुनामा रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रले असन्तुष्टि व्यक्त गरेका छन् । बैंकमा हिनामिना भएको आंशका लागेपछि आफुलगायत डा.ओम प्रकाश मिश्रले जिल्ला प्रहरी कार्यालय बाँके, जिल्ला प्रशासन कार्यालय बाँके र […]

सम्बन्धित