प्रस्तावित शिक्षा विद्येयक विरुद्ध प्याब्सन बाँकेको आयोजनामा बिरोध सभा

सदरलाइन संवाददाता १२ भाद्र २०८२, बिहीबार १५:१६
 

नेपालगञ्ज :  प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याब्सन, एनप्याब्सनलगायतका संघसंस्थाहरुले आफ्ना बिरोध जनाउदै आएका छन् ।

बाँकेमा रहेका नीजि तथा प्राईभेट विद्यालय सञ्चालकहरु विद्यालय बन्द गरेर प्याब्सन बाँकेको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडि ध्यानाकर्षण कोणसभाको आयोजना गरिएको थियो ।

सो कोण सभामा बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले प्याब्सनले उठाएका विषय गम्भीर रहदै संवेदनशील रहेको कुरामा जोड दिए ।

प्याब्सन बाँके अध्यक्ष विकास बज्राचार्य नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेको गेटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. राणाले सरकारले ल्याएको प्रस्ताविक शिक्षा विद्येयक संसोधन गर्नुपर्ने कुरा बाताएका हुन ।


सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्या अम्बिका काफ्लेलगायतले आ–आफनो भनाई राख्दै प्रस्तावित विद्येयक आफुहरुलाई स्वीकार्य नहुने बताएका थिए ।

सरकारले ल्याएको शिक्षा सम्बन्धी प्रस्तावमा आपत्ति जनाउँदै प्याब्सनले देशव्यापी आन्दोलन गरिरहेको छ । शिक्षा विधेयकमा राखिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको प्रावधान हटाउनुपर्ने, विधेयकमा उल्लेख गरिएको ‘निजी विद्यालयलाई क्रमशः गैर नाफामूलक बनाइने’ वाक्यांश पनि हटाउनुपर्ने प्याब्सनको मुख्य माग रहेको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित प्रस्तावले निजी विद्यालयको भविष्य र स्वायत्ततालाई जोखिममा पार्ने भन्दै प्याब्सनले चरणबद्ध कार्यक्रम सार्वजनिक गरेको हो । प्याब्सनले आन्दोलनका क्रममा आवश्यक परे सेवा अवरुद्ध गर्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा नुहाउन गएका ४ जना मृत भेटिए

१२ भाद्र २०८२, बिहीबार १५:१६
कैलाली :  कैलालीमा खोलामा नुहाउन गएका ४ जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झोलुंगे पुलनजिक खुटिया खोलामा बेपत्ता ४ युवा मृत अवस्थामा फेला परेका हुन् । उनीहरु नुहाउन गएका सात जनामध्ये चारजना नुहाउने बेलामा बेपत्ता भएका थिए । नुहाउन गएका बेपत्ता हुनेहरुमा धनगढी उपमहानगरपालिका घर भएका […]