बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्छुः गौडेल

सदरलाइन संवाददाता १५ फाल्गुन २०८२, शुक्रबार १८:३२
 
समाचार सारांश
Generated Using AI
  • नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिँदै व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।
  • धार्मिक पर्यटन र आदिवासी जनजातिको कला–संस्कृति संरक्षणका लागि विभिन्न मन्दिर तथा संग्रहालय विकास गर्ने योजना अघि सारेका छन्।
  • चुनावी अभियानअन्तर्गत उनले कोहलपुर र नरैनापुर क्षेत्रमा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके) :  नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न समुदायसँगको निरन्तर छलफलमा रहेका उम्मेदवार गौडेलले आफु उम्मेदवार नहुँदा पनि आदिवासी जनजातिहरुको कला संस्कृति संरक्षणमा वकालत गर्दै आएको दाबी गरे ।

उनले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता सहित थप व्यवस्थित गरिने पनि बताए । उनले धार्मिक पर्यटन प्रवर्धनका लागि बर्फानी बाबा, सन्तानेश्वर महादेव र भूवर भवानी मन्दिर क्षेत्रको विकासका लागि आवश्यक गुरुयोजना तयार गरी कार्य गर्ने पनि बताए ।


आदिबासी जनजातिका कला, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न कोहलपुर नगरपालिका वडा नं.८ मा रहेको सितल बनबाटिकामा निर्माणाधीन जनजाति संग्राहलय, कोहलपुर वडा नं.११ म थारु संग्राहलय र कोहलपुर वडा नं.२ मा दलित संग्राहलयलाई दू्रतगतिमा निर्माण गर्न नेतृत्वदायी भूमिका खेल्ने बताए ।

उनले नेचर गाइड, होम स्टे संचालन, पर्यापर्यटन, ¥याफटिङ, बन्जी जम्प एवम् टे«किङ जस्ता तालिमको व्यवस्था गरी पर्यटन प्रवर्धन गरी रोजगारीमा युवाहरुको पहुँच वृद्धि गर्ने पनि गौडेलले बताए ।

तीब्र चुनावी भेटघाट र घरदैलोमा रहेका गौडेलले आज कोहलपुर बजार क्षेत्रमा घरदैलो गरेका छन् । अपरान्हपछि भने नरैनापुरका बाँकी वडा नं.४ र वडा नं.६ का विभिन्न वस्तीमा घरदैलो गर्ने कार्यक्रम रहेको प्रचार सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–डुडुवा ‘कनेक्टिभिटी’ डुडुवाको विकासको प्रमुख आधार : एमाले उम्मेदवार राई

१५ फाल्गुन २०८२, शुक्रबार १८:३२
समाचार सारांश Generated Using AI नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले थारु समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिँदै व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।धार्मिक पर्यटन र आदिवासी जनजातिको कला–संस्कृति संरक्षणका लागि विभिन्न मन्दिर तथा संग्रहालय विकास गर्ने योजना अघि सारेका छन्।चुनावी अभियानअन्तर्गत उनले कोहलपुर र […]

ताजा अपडेट