लुम्विनीका सांसद सरिता पुनको निधन

सदरलाइन संवाददाता १५ भाद्र २०८२, आईतवार ०९:५०
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले रातोपाटीलाई बताए ।


पूर्वीरुकुम तकसेरा निवासी पुनलाई केही एक महिना अघि काठमाडौँ लगिएको थियो । खड्काले भने, ‘म यही अस्पताल छु, उहाँको निधन भएको केही समय भयो ।’

अस्पतालमा एकैपटक दुईवटा मेजर अपरेसन गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनका वेला उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभा सदस्य चुनिएकी थिइन् । पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘शासकीय सुधार संवाद श्रृंखला’ नेपालगञ्जमा सम्पन्न

१५ भाद्र २०८२, आईतवार ०९:५०
नेपालगञ्ज  : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा बाँकेको नेपालगञ्जमा ‘शासकीय सुधार संवाद श्रृंखला’ सम्पन्न गरिएको छ । बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, नागरिक अगुवासंस्थाहरु पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग बाणिज्य संघका प्रतिनिधि सहभागी रहेका थिए । सो शासकिय सुधार संवाद श्रृखलामा संघियताको सबलिकरणमा […]