
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरीगञ्जमा गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई साइकल वितरण गरेका छन् ।
उनले झापाको गौरीगञ्ज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच साइकल वितरण गरेका हुन । गौरीगञ्ज क्याम्पस सहित त्यस क्षेत्रका चारवटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको थियो ।
सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो । संस्थाको सहयोगमा मोरङको सुनबर्सी ६ मा रहेको गजादर माविमा पनि आजै मुख्यमन्त्री कार्कीले १० जना विद्यार्थीलाई साइकल वितरण गरेका थिए ।

सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा काम गरिरहेको बताए ।
उनले प्रदेश सरकारको स्रोत थोरै भए पनि केही न केही विद्यालय र सामुदायिक क्याम्पसहरूमा सहयोग गरेर काम गरिरहेको बताए ।
उनले भने–‘प्रदेशको सामथ्र्यले भ्याएसम्म गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रदेश सरकारले काम गरिरहेको छ ।’ मुख्यमन्त्री कार्की आफ्नै निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गौरीगञ्ज पुगेका थिए ।।


